Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेपाल महिला संघका शेखर–गगन पक्षका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

नेपाल महिला संघका शेखर–गगन पक्षका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् ।महिला संघले विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको भन्दै केन्द्रीय सदस्यहरुले राजीनामा दिएका हुन् ।राजीनामा दिनेहरुमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा.सिता घिमिरे, तारा थपलिया छन् ।

यसैगरी नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वची आचार्यले राजीनामा दिएका छन् ।राजीनामा दिनेहरु शेखर–गगन पक्षका हुन् । उनीहरुले अध्यक्ष उषा राउत मिश्रले पारदर्शीरुपमा संगठन चलाउन नसकेको र समस्या समाधानमा पहल नगरेको पनि आरोप लगाएका छन् ।

राजीनामा पत्रमा लेखिएको छ, ‘तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिलासंघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौं ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट