Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पर्सा प्रहरीले नष्ट गर्‍यो ३७ बिघाको गाँजा

पर्सा प्रहरीले नष्ट गर्‍यो ३७ बिघाको गाँजा

वीरगञ्ज : पर्साका सुरक्षा निकायले यहाँको ग्रामीण क्षेत्रमा लगाइएको ३७ बिघा ४ कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेर नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चालू आवको चैत २५ गतेसम्मको अवधिमा १ लाख ३३ हजार ४७७ वटा गाँजाको बोट फँडानी गरेर नष्ट गरिएको हो।

पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालले पर्साको ग्रामीण क्षेत्रमा सामुदायिक वन तथा साझेदारी वन अतिक्रमण गरेर गाँजाखेती हुने सूचनाको आधारमा निरन्तर रूपमा गाँजाको बोटको फँडानी गरेर नष्ट गर्दै आइरहेको बताए।

“नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैको सहकार्यमा गाँजाको फँडानी गर्दै आइरहेका छौँ”, उनले भने। पर्सा प्रहरीका अनुसार ३ वर्षमा गाँजा बरामद हुने क्रम पनि बढेको छ।

पर्सा प्रहरीले आव ०७९/८० मा ११ सय २३ किलोग्राम गाँजा बरामद गरेको थियो। आव ०८०/८१ मा ४६७ किलोग्राम र आव ०८१/८२ को फागुन मसान्तसम्ममा १५ सय ३१ किलोग्राम गाँजा बरामद गरेको छ। मकवानपुर तथा तराईका अन्य जिल्लाबाट ल्याएको गाँजा पर्साको ग्रामीण क्षेत्र हुँदै सीमावर्ती भारतीय बजारमा तस्करी हुने गर्छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij