Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति एमालेको आपत्ति

पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।पार्टी सचिवालयको सोमबार बसेको बैठकले ज्ञानेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक भएको बताउदै आपत्ति जनाएको हो ।

‘एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको छ ।उहाँको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा र त्यस सम्बन्धी सक्रियता जीवितै रहेको पायौं । जुन गलत हो ।’तिनकुने घटनालाई जनतामा आएको जागरण भनेर पूर्वराजाले भनेकोमा पनि एमालेले आपत्ति जनाएको छ ।

उनले भने,‘ चैत १५ गतेको आपराधिक घटनालाई जनतामा आएको जागरण रुपमा व्यक्त गर्नुभयो । सर्वसाधरणको घरमा लुटपाट, तोडफोड, सरकारी कार्यालयमा विध्वंश मच्चियो । उहाँले खोजेको जागरण त्यस्तै हो भने देखिन त्यो त धेरै आपत्तिजनक कुरा हो ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट