Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने

युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने

काठमाडौँ : नेकपा एमालेले यही वैशाख ११ गते युवाहरूलाई लक्षित गरेर काठमाडौँमा ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने भएको छ । नेपालमा राजतन्त्र अन्त्य भएको दिनको अवसरमा पारेर एमालेले यो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

पार्टीको सोमबार बसेको सचिवालय बैठकबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘वैशाख ११ गते जनताले जितेको दिन, निरंकुश राजतन्त्र अन्त्य भएको औपचारिक विजारोपण भएको दिन र २०६२र६३ को आन्दोलन सफलताको दिन हो ।’

जनताले जितेको दिनलाई ‘युथ सेलिब्रेसन’ को रूपमा युवाहरूलाई लोकतन्त्र, स्वतन्त्रता, खुलापन र गणतन्त्रको महत्त्व बताउन काठमाडौँमा ठुलो र भव्य कार्यक्रम गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट