Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कारागारबाट छुटे निलम्बित न्यायाधीश गिरी

कारागारबाट छुटे निलम्बित न्यायाधीश गिरी

काठमाडौं : वैवाहिक बलात्कार मुद्दामा सफाइ पाएपछि निलम्बित न्यायाधीश भुवन गिरी कारागार मुक्त भएका छन् ।सोमबार बिहान १० बजेतिर गिरी डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

उच्च अदालत पाटनले आइतबार गिरीलाई वैवाहिक बलात्कारको कसुरबाट सफाइ दिएको थियो ।उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई सफाइ दिएपछि उनी छुटेका हुन् ।

यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठमा वैवाहिक बलात्कार मुद्दामा गिरीलाई दोषी ठहर गरेको थियो ।गिरीलाई उनकै श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरिएकी थिइन् ।त्यसपछि न्याय परिषद्ले उनलाई निलम्बन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट