Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौंमा उतार्ने

वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौंमा उतार्ने

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एक लाख युवालाई काठमाडौंमा उतारेर शक्ति प्रदर्शन गर्ने भएको छ ।काठमाडौंको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा हुने भनिएको कार्यक्रमलाई युथ समिट भनिएको छ । युवा उत्सव भन्दै एमालेले युवाहरूलाई काठमाडौंमा बोलाएर शक्ति प्रदर्शन गर्न लागेको हो ।

‘म देशभरबाट युवाहरूलाई वैशाख ११ गते काठमाडौँमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गर्दछु,’, एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री आलीले शुक्रबार बुटवलमा भनेका थिए, ‘त्यस युवा सम्मेलनबाट प्रतिक्रियावादी र अराजकतावादीले आफ्नै आँखाले देखुन्, आफ्नै कानले सुनुन्, युवा शक्ति के हो र एमाले शक्ति कस्तो हो भन्ने ।’२०६२/०६३ को जनआन्दोलनपछि वैशाख ११ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएकाले लोकतन्त्र दिवसका रूपमा मनाउने गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट