Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्रीले भने – समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ

नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्रीले भने – समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन्।नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा होस् भन्ने कामना गरे ।अनेकौं कठिनाइका बाबजुद हासिल भएका उपलब्धिलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अगाडि बढ्न सकिने विश्वास उनले व्यक्त गरेका छन् ।

‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छौं। यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु। देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा संकल्प हो’ प्रधानमन्त्रीले उल्लेख गरेका छन्।राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन भन्दै उनले देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदान आवश्यक हुने बताएका छन्।

जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता राष्ट्रका साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले तिनलाई परस्पर विरोधी शक्तिका रूपमा नभई एकताको आधारका रूपमा विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट