Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

युक्रेनले भन्यो – रुसी आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते

युक्रेनले भन्यो – रुसी आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते

एजेन्सी : युक्रेनको सुमीमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।युक्रेनका गृहमन्त्री र त्यहाँको सरकारी आपत्‌कालीन सेवाले आफ्नो टेलिग्राम च्यानलमा यसबारे जानकारी दिएका हुन् ।घटनामा सात बालबालिकासहित ८३ जना घाइते भएका छन् ।

युक्रेन राष्ट्रपति जेलेन्स्कीले मृत्यु हुनेको सङ्ख्या ‘प्रारम्भिक तथ्याङ्क’मा आधारित रहेको र मानिसहरू सडक, कार, सार्वजनिक यातायात, घर घाइते भएको बताए ।

युक्रेन राष्ट्रपति जेलेन्स्की भने,‘अमेरिका, युरोप, संसारका सबैजना यो युद्ध र हत्याको अन्त्य चाहन्छन् । रूसले ठ्याक्कै यस्तै प्रकारको आतङ्क चाहन्छ र यो युद्धलाई तानिरहेको छ । दबाब बिना शान्ति असम्भव छ । वार्ताले ब्यालिस्टिक क्षेप्यास्त्र र हवाई बम कहिल्यै रोकेको छैन ।’आपत्‌कालीन सेवाले त्यहाँ पीडितहरूलाई सम्भव भएसम्म सबै सहयोग प्रदान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij