Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्री ओलीले गरे गौरादह नगर अस्पतालको शिलान्यास

प्रधानमन्त्री ओलीले गरे गौरादह नगर अस्पतालको शिलान्यास

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पतालको शिलान्यास गरेका छन्।प्रधानमन्त्री ओलीले गौरादह नगरपालिकाको १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ्य उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे ।

उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए। मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट