Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु

एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु

वीरगञ्: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको वीरगञ्ज महानगर कमिटीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शुक्रबार सुरु भएको अधिवेशनको बन्दसत्र आज सकिएसँगै पदाधिकारी एवम् सदस्य चयनका लागि मतदान प्रक्रिया बढाइएको एमाले पर्साले जनाएको छ । एमाले पर्साका जिल्ला सचिव महेश दासका अनुसार पदाधिकारी चयनमा सहमति नजुटेपछि चुनावी प्रक्रिया बढाइएको हो ।

त्यसका लागि अहिले मतदाता नामावलीसमेत प्रकाशन भएको र नोमिनेसनको प्रक्रिया थालिएको उनले जानकारी दिए । एमाले वीरगञ्ज महानगरको कमिटीको अध्यक्ष पदका लागि सुन्दर कुर्मी र नवराज शर्माबिच भिडन्त हुने देखिएको छ । नेतृत्वमा दुवैको दाबी परेपछि निर्णय चुनावी प्रक्रियाबाट गर्न लागिएको हो ।

एमालेमा सुन्दर राउत कुर्मीको पक्षमा पार्टी अध्यक्ष विश्म्भर शर्मा, सांसद प्रभु हजारासहितको सर्मथन छ भने नवराज शर्मालाई पूर्वसांसद बिचारी यादव, अरविन्द सिंहसहितको समर्थन रहेको छ । वीरगञ्ज महानगरमा एमालेका करिब ३ सय १० जना प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट