Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री

रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा तोडफोड, आगजनी, हत्या, हिंसाजस्ता कुराहरू स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा देखिएको दृश्यको व्याख्या गर्दै यस्तो बताएका हुन् ।

‘जनतालाई भड्काएर आफ्नो दुनु सोझो पार्न खोज्नेहरू, यही मौका पारेर जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्र फेरि फर्काउँछौं भन्नेहरू, उल्किन कति सकेको ?,’ प्रधानमन्त्री ओलीले भने, ‘दुई चार सडकछाप मान्छेहरूले राजा फर्काउँछौं भन्दा गाडीको हुटमाथि हात हल्लाउँदै हिँडेको सबै दृश्य देख्नुपर्‍यो । यी तमासाहरू यीनको तरिका के हो ? शैली के हो ?’

शान्तिपूर्ण सभा गर्छौं भन्नेहरू आगजनी र चोरीको काममा लागेको भन्दै यो कस्तो खालको प्रदर्शन हो ? भन्दै प्रश्न गरे । ‘यी कस्ता तत्व हुन भन्ने गत १५ गते देखियो । चैत १५ गते तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौं भनेको के को सभा गर्थे,’ प्रधानमन्त्री ओलीले भने, ‘आगजनी गर्दै, अरुका पसल लुट्दै, क्रान्ति गर्ने, खुब ठूला परिवर्तन ल्याउने त रक्सीका बोतल चोरेर भाग्दै गरेका, स्याउ चोरेर भाग्दै गरेका, औषधि कारखाना आगो लगाउँदै गरेका यस्ताले बनाउँछन् देश ?’

यस्ता तत्वले राजा फर्काउने भन्दै हिँडेको उल्लेख गर्दै उक्त प्रदर्शनमा सहभागी भन्दा पशुपतिका बाँदर नै राम्रो भएको जिकिर गरे । ‘राजा फर्काउने अरे, राजा फर्काएपछि ती प्रधानमन्त्री मन्त्री बन्ने अरे,’ ओलीले भने, ‘तिनीहरूलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ ।’ उनले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा सधैं सकारात्मक काम भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट