बुटवल : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्ने बताएका छन्।बुटवलमा नेकपा एमालेले गरेको जनजागरण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।उनले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राखे।
अर्थमन्त्री पौडेलले भने,‘दरबारिया र राजतन्त्रका मतियारलाई कहिल्यै नउठ्ने गरी सडकमा पछार्नुपर्छ । प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन, राजनीतिक दलहरूले नै हो मुलुकलाई अगाडि बढाउने हो ।’प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रतिगामी र दक्षिणपन्थीहरूले लगातार प्रहार गरिरहेको भन्दै पौडेलले उनीहरूको प्रयास सफल नहुने दावी गरे।
अर्थमन्त्री पौडेलले नयाँ दलहरूसंग पनि असन्तुष्ट सुनिए । नयाँ दलहरूसँग कुनै विचार, सिद्धान्त, दृष्टिकोण र गन्तव्य नभएको आरोप लगाउँदै उनले लोकप्रियतावादी र अवसरवादी मात्रै भएको टिप्पणी गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij