काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।रवि पत्नी निकिता पौडेलले उच्च अदालतको आदेश बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेकी हुन्।सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो।
सहकारी ठगी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुरले उल्टाउँदै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।उक्त आदेश बदरको माग गर्दै लामिछानेले बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन्।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा सभापति लामिछाने समेतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो।उक्त आदेश आएको केही घन्टामै लामिछाने पक्राउ परेका थिए। लामिछाने अहिले थुनामै छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij