काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । राजसंस्था पुन:स्थापनाका लागि गठित जनआन्दोलनका कमान्डर समेत रहेका दुर्गा प्रसाईँ भारतको आसाममा पक्राउ परेका हुन् ।
सुरक्षा उच्च स्रोतका अनुसार, प्रसाईंलाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले नेपाल ल्याउदैछ । प्रसाईंको सचिवालयले भने आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ । गत चैत १५ गतेको राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका उनी सम्पर्कविहीन भएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij