काठमाडौं : सिंहदरबारमा सरकार र शिक्षकहरूबीच छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबीच छलफल सुरु भएको हो।
सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ। शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका छन् । यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij