Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

काम नलाग्ने वार्तामा हामी सहभागी हुँदैनौ : अध्यक्ष सुवेदी

काम नलाग्ने वार्तामा हामी सहभागी हुँदैनौ : अध्यक्ष सुवेदी

काठमाडौँ : नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले काम नलाग्ने वार्तामा सहभागी नहुने बताएका छन् । चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई सरकारले वार्तामा आउन पटक पटक आह्वान गर्दै आएको छ। आन्दोलनमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष सुवेदीले आफ्ना माग पूरा नहुने वार्तामा सहभागी नहुने बताए ।

आज दिउँसो वार्ताका लागि सरकारले पूरा गर्नुपर्ने न्यूनतम आधार बुझाउन जान लागेको बताए । शिक्षा सचिव डाक्टर दीपक काफ्लेले हिजो बुधवार एक पत्र लेख्दै विद्यालय शिक्षा विधेयकका विषयमा छलफल गर्न आउन भनेका थिए। त्यही आधारमा महासङ्घको सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीको नेतृत्वमा टोली सिंहदरबार जान लागेको अध्यक्ष सुवेदीले बताए।

‘सरकारले बारम्बार वार्ताका लागि बोलाएको छ। हिजो अर्को पत्र आएको छ। त्यो वार्ताका लागि होइन। हामी वार्तामा विश्वास गर्छौ। तर, हिजोको पत्र छलफलका लागि हो,’ अध्यक्ष सुवेदीले भने, ‘वार्ताका लागि सरकारले पूरा गर्न के के आधार चाहिन्छ । त्यो बुझाउन जाँदैछौ। त्यो कुनै वार्ता होइन। सरकार वार्ता चाहन्छ भने हामीले पेस गर्ने आधार पूरा गरोस् अनि वार्तामा बस्छौ।’

आफूहरू वार्तामा विश्वास गर्ने भएको तर, त्यसका लागि चाहिने आधार पुरा गर्नुपर्ने बताए । यतिका दिनदेखि शिक्षकहरू सडकमा आन्दोलन गर्दै आएको बताउँदै प्रधानमन्त्री भने देश विदेशको भ्रमणमा रहेको बताए । माग पुरा नहुँदासम्म चैत, वैशाख जति महिना भए पनि आन्दोलनमा डटिरहने बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट