Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

अमेरिकाविरुद्ध चुप लागेर बस्दैनौँ : चीन

अमेरिकाविरुद्ध चुप लागेर बस्दैनौँ : चीन

चीनले १२५ प्रतिशत कर थप्ने अमेरिकी निर्णयमा चुप लागेर नबस्ने प्रतिक्रिया दिएको छ ।  अमेरिकी करको चौतर्फी विरोध हुँदा अन्य देशमाथिको कर तत्काल लागू नगर्ने बताएका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि भने १२५ प्रतिशत करवृद्धिको घोषणा गरेका थिए।

ट्रम्पको घोषणापछि चिनिया अधिकारीले चुप लागेर नबस्ने बताएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकाले लगाएको ३४ प्रतिशत करको बदलामा चिनिया अर्थ मन्त्रालयले अमेरिकाबाट आयात हुने सबैजसो वस्तुमा पारस्परिक करमा ५० प्रतिशत थपेर ८४ प्रतिशत बनाउने घोषणा गरेको थियो ।

चीनको प्रतिवादपछि ट्रम्पले १२५ प्रतिशत कर लगाउने घोषणा गरे। यसैबीच अन्य देशका लागि घोषित कर भने तत्काल कार्यान्वयन नगर्ने ट्रम्पको निर्णयपछि एसियाली शेयर बजारमा सुधार आएको छ। ट्रम्पले चीन बाहेकका देशमा कम्तीमा ९० दिन करवृद्धिको निर्णय लागू नगर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij