काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च अमेरिकी करबाट प्रभावित देशहरूका लागि ९० दिनका लागि कर स्थगनको घोषणा गर्नुभएको छ । तर चीनसँगको व्यापार युद्ध भने बढेको छ ।
अमेरिकाले आफ्ना ६० व्यापारिक साझेदार विरुद्ध घोषित नयाँ कर कार्यान्वयन गर्ने निर्णय गरेको केही घन्टापछि आफ्नो कर नीतिमै नाटकीय रुपमा परिवर्तन गर्दै १० प्रतिशतको कम पारस्परिक कर लागू गर्ने निर्णय गरेको हो ।
ट्रम्पले वार्ता जारी रहेकाले विश्वव्यापी १० प्रतिशत कर मात्रै लगाइने बताउनु भयो । चीनबाट आउने सामानमा भने थप कर वृद्धि गरी १ सय २५ प्रतिशत पुर्याएको छ ।
बेइजिङले अमेरिकी वस्तु आयातमा ८४ प्रतिशत कर लगाउँदै प्रतिशोध साँधेको भन्दै चिनियाँ वस्तुमा थप कर वृद्धि गरेको जनाइएको छ ।
चीनले अमेरिका प्रति सम्मान देखाउन नसकेको भन्दै अमेरिकाले करवृद्धिलाई निरन्तरता दिएको छ । यसले चीन र अमेरिकाबीच व्यापार युद्ध झन् चर्किएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij