Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं : तीन संसदीय समितिको बैठक बिहीबार बस्दैछ। पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले छ। बिहान ११ बजे बस्नेछ । बैठक

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा चालु आर्थिक वर्ष ०८१/०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटको तयारी सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान १० बजे बस्नेछ। बैठकमा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई बोलाइएको छ।

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ। बिहान ११ बजेको लागि बोलाइएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट