Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

तीनकुनेमा मारिएका रजक र महर्जनको परिवारलाई ५-५ लाख दिने दुर्गा प्रसाईको घोषणा

तीनकुनेमा मारिएका रजक र महर्जनको परिवारलाई ५-५ लाख दिने दुर्गा प्रसाईको घोषणा

काठमाडौं : फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलेले चैत १५ तीनकुने प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई ५-५ लाख दिने घोषणा गरेका छन्।बुधबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका प्रसाईंले रजक र महर्जनको परिवारलाई ५(५ लाख दिने घोषणा गरेका हुन्।

उनले भने,’तीनकुने प्रदर्शनमा दुई जना एक जना पत्रकार सुरेश र सविन महर्जनको मृत्यु भएको छ। उहाँहरुको परिवारलाई पाँच पाँच लाख दिने घोषणा गर्दछु। म बाहिर आएपछि म दिन्छु। जसको गोलीले पनि मान्छे मर्नु हुँदैन थ्यो। सरकारले दिन्छ दिँदैन। तर म दिन्छु ।’यस्तै उनले आफू भागेको नभइ जोगिएको बताए । म भागेको होइन, अघिल्लो दुईवटा घटनामा भोगेको थिइनँ । यो घटनामा जोगिएको मात्रै हुँ, उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट