Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रविलाई पक्राउ गर्दा प्रहरीले अभद्र शैली अपनाएको रास्वपाको आरोप

रविलाई पक्राउ गर्दा प्रहरीले अभद्र शैली अपनाएको रास्वपाको आरोप

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीले अभद्र शैली अपनाएको आरोप लगाएका छन्।मानव अधिकार आयोगको ध्यानाकर्षण गराएपछि बोल्दै महामन्त्री बुर्लाकोटीले उक्त आरोप लगाएका हुन् ।

कार्यबाहक महामन्त्री बुर्लाकोटीले भने, ‘राज्य संयन्त्रले मानव अधिकार हनन हुनेगरी धरपकड गर्न खोज्यो । सामान्य प्रक्रिया पनि पूरा नगरी राजयसंयन्त्र रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउनेगरी राजयसंयन्त्र उत्रियो । यसको घोर भत्र्सना गर्दछौं।’रास्वपाले लामिछानेलाई पछिल्लो पटक पक्राउ गर्ने क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै मानव अधिकार आयोगको पनि ध्यानाकर्षण गराएको छ ।

लामिछानेलाई चैत २२ निजी निवास हात्तीगौंडाबाट पक्राउ गर्ने क्रममा प्रहरीले सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरेको भन्दै रास्वपाले बुधबार मानव अधिकार आयोग पुगेर रास्वपाका नेताहरूले निवेदन दर्ता गरेका छन्।

रास्वपाले मानव अधिकार आयोगमा दर्ता गरेको निवेदनमा लामिछानेविरुद्ध अशोभाविक, अशोभनीय, गैरकानुनी कार्य भएको, प्रहरीले असामान्य व्यवहार गरी अभद्र शैली अपनाएको, अनुमतिविनै घरभित्र प्रवेश गरेको, सयन कक्षमै पुगेर धरपकड गरेको लगायतका विषय उल्लेख गरिएको छ ।

उक्त घटनाको आवश्यक छानबिन गरेर दोषीलाई कारबाही गर्न रास्वपाले माग गरेको छ । सामान्य पक्राउ पुर्जीसमेत नलिइ अदालतको आदेश मान्ने भन्दै प्रहरीले प्रयोग गरेका शब्दहरूप्रति पनि रास्वपाले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट