Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रवि लामिछानेमाथि ज्यादती भएको भन्दै मानव अधिकार आयोगमा जाँदै रास्वपा

रवि लामिछानेमाथि ज्यादती भएको भन्दै मानव अधिकार आयोगमा जाँदै रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपा नेताहरु राष्ट्रिय मानव अधिकार आयोग जाने भएका छन्।प्रहरीबाट प्रकृया नै पूरा नगरी पार्टि सभापति लामिछानेलाई पक्राउ गरिएको र श्रृङखलाबद्ध ज्यादती गरिएको भन्दै ध्यानाकर्षण गराउन रास्वपा नेताहरु आयोग जान लागेका हुन्।

आज साढे ११ बजे आयोगको पुल्चोकस्थित कार्यालय गएर ध्यानाकर्षण गराउने तयारी रहेको रास्वपाले जनाएको छ ।उच्च अदालतले थुनामा राख्ने आदेश दिएलगत्तै गत शुक्रबार राति लामिछानेको घर पुगेर प्रहरीले पक्राउ गरेको थियो।सहकारी ठगीको मुद्दामा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको आरोप रास्वपाले लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट