Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

घुसपैठको आरोपमा राप्रपाको बल्खु सभाबाट केही व्यक्ति नियन्त्रणमा

घुसपैठको आरोपमा राप्रपाको बल्खु सभाबाट केही व्यक्ति नियन्त्रणमा

काठमाडौं : राप्रपाले बल्खुमा आयोजना गरेको सभास्थलबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि घुसपैठ गरेर सभाको वातावरण बिथोल्न खोजेको आरोप छ । यो समाचार तयार पार्दासम्म उनीहरुको परिचय खुलेको छैन । तर प्रहरी र राप्रपा दुवैतर्फबाट केही व्यक्तिहरु नियन्त्रणमा रहेको पुष्टि भने भएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले केही मान्छेहरुलाई नियन्त्रणमा लिएको बताए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि सभास्थलमा होहल्ला गर्न खोजेपछि केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राप्रपाले बल्खुमा आज सभा आयोजना गरेको छ । सभालाई व्यवस्थित र मर्यादित गर्न उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । राप्रपाले पनि दर्जनौंको संख्यामा स्वयंसेवक परिचालन गरेको छ ।

साथै वरपर रहेका पार्टी कार्यालय, सरकारी कार्यालय र व्यापारिक कम्प्लेक्समा पनि सुरक्षा सतर्कता बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट