Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

दक्षिण कोरियामा राष्ट्रपति चुनावको घोषणा

दक्षिण कोरियामा राष्ट्रपति चुनावको घोषणा

सोल : दक्षिण कोरिया राष्ट्रपतिको निर्वाचनको घोषणा भएको छ । मंगलबार त्यहाँको सरकारले नयाँ राष्ट्रपति चयनका लागि जुन ३ मा निर्वाचनको घोषणा गरेको छ ।

डिसेम्बरको शुरुमा मार्सल ल लगाएर देशलाई संवैधानिक संकटमा धकेलेका राष्ट्रपति युन सुक येओललाई संवैधानिक अदालतले अपदस्थ गरेपछि चुनावको औपचारिक घोषणा गरिएको हो । येओललाई बर्खास्त गरेको चार दिनपछि यो निर्णय भएको हो ।

मे ११ सम्ममा उम्मेदवारहरूले नाम दर्ता गराइसक्नु पर्नेछ । मे १२ देखि औपचारिक रूपमा चुनावी अभियान सुरु हुनेछ । राष्ट्रपतिको पद रिक्त भएपछि ६० दिनभित्र निर्वाचन गराउनु पर्ने व्यवस्था संविधानले गरेको छ ।

यस अघि २०१७ को मार्च १० मा तत्कालीन राष्ट्रपति पार्क ग्युन-ह्ये लाई बर्खास्त गरेपछि करिब ६० दिनपछि मे ९ मा निर्वाचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij