काठमाडौँ : नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । आफ्ना सबै राज्य र केन्द्र शासित प्रदेशका मुख्य सचिव, डीजीपीका नाममा भारतको केन्द्रीय गृह मन्त्रालयले सर्कुलर जारी गरेको हो ।
केही साता अघि पञ्जाब राज्यको प्रहरी सम्मिलित टोली कथित अपराधीलाई पक्राउ गर्न भनेर काठमाडौँ आएको थियो । उक्त टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
भारतको केन्द्र सरकारले गरेको आग्रह अनुसार उक्त टोलीलाई नेपाल सरकारले रिहा गरेको पृष्ठभूमिमा भारतको केन्द्रीय गृह मन्त्रालयले आफ्ना राज्यहरूलाई सर्कुलर जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।कुनै पनि अनुसन्धानका लागि विदेशी भूमिमा जानु परेमा अनिवार्य रूपमा अनुमति लिन केन्द्रीय गृह मन्त्रालयले भारतका सबै राज्यलाई सर्कुलर गरेको हो ।
विदेशी भूमिमा कुनै ‘मिसन’का लागि जानु अघि आवश्यक अनुमति लिन पनि भारतको केन्द्रीय गृह मन्त्रालयले भनेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij