Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रधानमन्त्रीले साम्पाङलाई भने–खानेपानी प्रक्रिया अघि बढिसक्यो, धरानबासीलाई यो सन्देश सुनाइदिनुहोला

प्रधानमन्त्रीले साम्पाङलाई भने–खानेपानी प्रक्रिया अघि बढिसक्यो, धरानबासीलाई यो सन्देश सुनाइदिनुहोला

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई सहितको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन्।मेयर साम्पाङले आज प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । भेटमा उनले धरानको खानेपानीको समस्या दर्शाउँदै उनले समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले भने–‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला ।’खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि संघीय सरकारले तयार गरिसकेको पनि उनले जानकारी गराएका छन् ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनमा आधुनिक प्रविधियुक्त ल्याण्डफिल्डसाइट बनाउनुपर्नेमा जोड दिएका छन् ।यसअघि रित्तो गाग्री लिएर सिंहदरबार छिर्न खोजेका उनले खानेपानीमन्त्रीलाई भेटेर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट