Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

तीन महिनाको पर्खाइ सकियो, महानगरका कर्मचारीले पाए तलब

तीन महिनाको पर्खाइ सकियो, महानगरका कर्मचारीले पाए तलब

काठमाडौं : अन्ततः काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका खातामा सोमबार तलब पुगेको छ। तीन महिनादेखि रोकिएको तलब भुक्तानी भएपछि कर्मचारीहरूमा केही राहतको अनुभूति भएको छ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार, प्रमुख प्रशासकीय अधिकृत (सीएओ) नहुँदा तलब प्रक्रिया रोकिएको थियो। सरोज गुरागाईं पुस ७ गतेदेखि बिदामा बसेपछि कार्यालयको काम प्रभावित भएको थियो, जसको प्रत्यक्ष असर कर्मचारी र जनप्रतिनिधिको तलबमा परेको थियो।

कर्मचारी आक्रोशित थिए

तीन महिनासम्म तलब नपाएपछि कर्मचारीहरूमा असन्तुष्टि चुलिएको थियो। राज्यको नियमित प्रशासनिक कार्य रोकिएपछि उनीहरूले सरकारसमक्ष आक्रोश पनि पोखेका थिए।

तनावका बीच हाजिर

गत बिहीबार गुरागाईं कार्यालय हाजिर गर्न पुगेका बेला केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। नगर प्रहरीले उनलाई रोक्ने प्रयास गरे पनि अन्ततः उनी कार्यकक्षभित्र छिरे।

हाजिरपछि निर्णय, भोलिपल्ट तलब

गुरागाईं हाजिर भएको भोलिपल्टै उनले कर्मचारी र जनप्रतिनिधिलाई तलब दिने निर्णय गरे। सोहीअनुसार सोमबार सबैको तलब खातामा जम्मा भएको हो। महानगरपालिकामा करिब ४ हजार कर्मचारी कार्यरत छन्, जसले लामो समयदेखि तलब नपाएर समस्या भोगिरहेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट