Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

वैदेशिक रोजगार विभागका महानिर्देशक खत्री मन्त्रालय तानिए, भुसाल गए

वैदेशिक रोजगार विभागका महानिर्देशक खत्री मन्त्रालय तानिए, भुसाल गए

काठमाडौँ : वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीको सरुवा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै खत्रीलाई मन्त्रालय फिर्ता बोलाइएको हो । उनको ठाउँमा मन्त्रालयका सहसचिव जीवलाल भुसाललाई पठाइएको छ ।

गत बिहीबार मन्त्रालयले खत्रीलाई मन्त्रालय तानेर उनको ठाउँमा भुसाललाई पठाएको हो । वैशाख पहिलो साता अवकाश पाउन लागेका खत्री मन्त्रालय तानिएका हुन् । गत भदौमा गृह मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा भएर आएका खत्रीलाई विभागको महानिर्देशक बनाएर पठाएको थियो ।

तत्कालीन महानिर्देशक डण्डुराज घिमिरेलाई समेत मन्त्रालय झिकाएर खत्रीलाई पठाइएको थियो । घिमिरे हाल प्रधानमन्त्री तथा रोजगार कार्यक्रमको राष्ट्रिय कार्यक्रम निर्देशक तथा प्रवक्ताको रूपमा मन्त्रालयमै काम गर्दै आएका छन् ।

विभाग गएको ८ महिनामै खत्रीको सरुवा गरेर मन्त्रालय झिकाइएको हो । यसअघि घिमिरेको समेत ८ महिनामै विभागबाट सरुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट