Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कारागार जाँदै गर्दा रविले भने – न्यायलयको आदेशप्रति सम्मान छ

कारागार जाँदै गर्दा रविले भने – न्यायलयको आदेशप्रति सम्मान छ

भैरहवा : उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेले अदालतको आदेशप्रति सम्मान रहेको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

उच्च अदालतको आदेशपछि काठमाडौंमा पक्राउ गरिएका लामिछानेलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रियापछि कारागारको थुनुवा कक्षतर्फ लैजादै गर्दा सञ्चारकर्मीको अदालतको आदेशप्रति भन्नु केही छ भन्ने प्रश्नमा उनले भने, ‘केही छैन, सम्मान छ ।’

जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको बताए। ‘कारागारको चारवटा ब्लकमध्ये उनलाई चार नम्बर ब्लकमा राखेका छौं’, उनले भने, ‘अहिले उहाँ बसेको ब्लक सिंगल छ, पछि कैदीबन्दीको संख्या बढ्दै जाँदा त्यहाँ थप्नुपर्ने हुनसक्छ । अहिले कैदीबन्दीको संख्या ५९४ छ ।’

सहकारी ठगी र संगठित अपराध मुद्दामा गत माघ १३ गते जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवै पुनरावेदनका लागि उच्च अदालत बुटवलमा निवेदन दिएका थिए । जसउपर गत शुक्रवार उच्च अदालतले सुनुवाई गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट