काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुने टिप्पणी गरेका छन् ।साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा आएको भन्दै उनले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुने बताए ।
देशको राजनीति,आर्थिकलगायतका क्षेत्र अत्यन्तै नाजुक रहेको उनको भनाइ छ । उनले बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएका जिकिर गरे ।साथै उनले कांग्रेस–एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिए पनि ९ महिना बित्दा पनि त्यसमा ध्यान दिन नसकेको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij