Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रविले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार हो : मुकुल ढकाल

रविले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार हो : मुकुल ढकाल

काठमाडौं : रास्वपाबाट हटाइएका संस्थापक महामन्त्री डा. मुकुल ढकालले रवि लामिछानेले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार भएको बताएका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले यस्तो बताएका हुन् । उनले त्यो समयको राजनीतिक गतिविधिबारे खुलाएर लामो स्टाटस लेख्दै ढकालले नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई एक वर्षका लागि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको भए पनि अवसर नजुटेको जिकिर गरे ।

पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा दाहालले कांग्रेससँग गठबन्धन परिवर्तन गरी एमाले-रास्वपा गठबन्धन बनाएको र रवि गृहमन्त्री बनेको उल्लेख गर्दै उनले त्यो बेला प्रतिपक्षमा बसेको कांग्रेसले रविलाई एक वर्षका लागि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको बताए।कांग्रेस प्रतिपक्षमा बसेपछि विभिन्न माध्यम र कोणबाट डेमोक्रेटिक एलायन्स बनाउने प्रस्तावहरू आएसँगै कांग्रेसले यस्तो प्रस्ताव गरेको ढकालले खुलाए।

कांग्रेसबाट त्यसरी प्रस्ताव आएपछि रवि प्रधानमन्त्री बन्न आतुर भइसकेको उल्लेख गर्दै उनले भने, ‘सरकार कसरी छोड्ने र कांग्रेससँगको सहकार्यलाई कसरी प्राकृतिक देखाउने, त्यसका लागि रणनीति बनाउन मलाई सभापतिले निर्देशन दिनु भएको थियो ।’

उनले इतिहासको कुनै पनि समयमा रविलाई प्रधानमन्त्री बन्ने अवसर नजुटेको बताए । ‘इतिहाँसको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको थिएन। प्रधानमन्त्री पद छोडेको भन्ने दावि निराधार छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट