Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राजनीतिक दलभन्दा बिचौलियाले गभर्नर बनाउने चिन्ता छ : गगन थापा

राजनीतिक दलभन्दा बिचौलियाले गभर्नर बनाउने चिन्ता छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलभन्दा पनि निश्चित बिचौलियाले गभर्नर बनाउने चिन्ता रहेको बताएका छन् ।शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सो चिन्ता व्यक्त गरेका हुन् ।

‘अहिले गभर्नर नियुक्तिको चर्चा चलेको छ। भोलि पर्सि नै नियुक्त पनि होला। तर, राजनितीक दलका नेताले भन्दा बिचौलियाले प्रभाव पार्लान् कि भन्ने चिन्ता छ। पहिलेपहिले फलानो पार्टीले राम्रो क्याडेड ल्यायो भन्ने हुन्थ्यो । अहिले निश्चित घराना र प्रभावमा हुने चिन्ता छ । हामी ट्रान्सपरेन्ट नहुनुको नतिजा हो,’ उनले भने ।त्यस्तै उनले संख्याकै आधारमा सरकार बलियो नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट