Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

‘रवि लामिछानेको लडाइँ कानुनी मात्रै होइन, राजनीतिक लडाइँ पनि हो’

‘रवि लामिछानेको लडाइँ कानुनी मात्रै होइन, राजनीतिक लडाइँ पनि हो’

काठमाडौँ : रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति रवि लामिछानेको लडाइँ कानुनी मात्रै नभएर राजनीतिक लडाइ पनि भएको बताएका छन् । चितवनबाट सुरु भएको जनयात्रा कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै बुर्लाकोटीले भ्रष्ट र दलालतन्त्रको प्रशय गर्ने सरकारले अदालतको फैसलालाई टेकेर बदनियतका साथ रातारात पक्राउ गरेको बताए ।

‘सरकारलाई किन यति हतारो भयो ? देश र जनताको चिन्ता गर्ने सभापतिलाई रातारात किन पक्राउ गरियो भने यो सरकार कम्तीमा पनि दुई दिन भने पनि बढी दुख दिऊँ, तनाव दिऊँ । रास्वपालाई कही न केही खेदौँ भन्ने चाहन्छ ,’, उनले भने ।

उनले राजनीतिक लडाइँमा सबै मिलेर जित हासिल गरिने भन्दै हातमा हात मिलाएर एकताबद्ध भएर पार्टी अघि बढ्ने बताए । पार्टी हरुवाहरूलाई नियुक्ति गर्ने राष्ट्रिय सभा र प्रदेशसभा समेत खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिन सकिने उन्नत विकल्पको पक्षमा रहेको बताए ।

यसका लागि संविधान संशोधन हुनुपर्ने उनको भनाइ थियो । यस्तै स्थानीय पालिकाको सङ्ख्या समेत ५०० भन्दा मुनि हुनुपर्ने पार्टीको धारणा रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट