Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एकपटक फेरि ०६४ कै जस्तो ठूलो पार्टी बनेर देशको नेतृत्व गर्न मन छ : प्रचण्ड

एकपटक फेरि ०६४ कै जस्तो ठूलो पार्टी बनेर देशको नेतृत्व गर्न मन छ : प्रचण्ड

गुलरिया : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूहरू कमजोरी सच्चाएर वर्ग, समुदाय र मुद्दासहित जनतातिर फर्किएको बताएका छन्। हुलाकी मार्ग केन्द्रित अभियानअन्तर्गत बर्दियाको गुलरियामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले फेरि एकपटक ०६४ कै जस्तो ठूलो पार्टी बनेर देशको नेतृत्व र जनताको पक्षमा काम गर्ने अवसर दिन अपील गरे।

माओवादी सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक विकासमा गरेका अभियानले जनतामा आशा पलाएको जिकिर गर्दै अध्यक्ष दाहालले भारत, चीनलगायत अन्तर्राष्ट्रिय भ्रमणका बखत गरेका सहमति, समझदारीहरूले देश र जनताको पक्षमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको स्मरण गरे।

अन्तर्राष्ट्रिय सम्मेलनका मञ्चमा खाद्यलगयत जलवायु परिवर्तनसम्बन्धी गरेको माओवादी सरकारको नेतृत्वले जनतामा नयाँ आशा भरोसा विजारोपणको सुरुवात भइरहेको उनको भनाइ छ। माओवादी सरकारले गरेको सुशासन, सामाजिक न्याय र आर्थिक विकासका प्रयासहरू दलाल एवं विचौलियाहरूको निम्ति सह्य नभएपछि सरकार हटाएर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले नयाँ सरकार बनाउने काम गरेको उनले बताए।

सरकार परिवर्तनपश्चात सदनमा अप्राकृतिक गठबन्धनको सरकारको खबरदारी गर्ने आफूले प्रतिबद्धता गरेअनुरुप अभियान सुरु गरी बर्दिया आइपुगेको सुनाए। बर्दियाको बढैयाताल गाउँपालिका र गुलरिया, मधुवन, ठाकुरबाबा नगरपालिकाको कार्यक्रम सकेर शुक्रबारै काठमाडौं फर्किने उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट