Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रवि जोडिएको सुप्रिम सहकारी ठगीः बुटवल इजलासमा बहस सकियो

रवि जोडिएको सुप्रिम सहकारी ठगीः बुटवल इजलासमा बहस सकियो

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको बुटवल स्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठीत अपराध सम्बन्धी मुद्दाको पेशी उपर उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा चलिरहेको बहस सकिएको छ ।

आज लामिछानेको तर्फबाट बरिष्ठ अधिवक्ता नारायण कँडेल, पशुपति भण्डारी लगायतले बहस गरेका थिए । सरकारी वकिलसँगै सवाल जवाफ सकिएको छ ।

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासमा चलेको बहस भएको थियो । अब एकछिनमा आदेश आउने छ । यसमा जोशीको मुद्दा पनि सँगै जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट