काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्ड भ्रमणको तेस्रो दिन थाइल्याण्ड र नेपालका व्यवसायीहरूसँग लगानीका सम्भावना र अवसरबारे छलफल गरेका छन् ।छलफलमा नेपालमा लगानीका विविध आयाम, सहकार्यका क्षेत्र र दुई देशबीचको भावनात्मक सम्बन्धलाई समेत जोड दिइएको छ। प्रधानमन्त्रीले थाइ उद्योगी, व्यवसायी र लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आह्वान गरे ।
छलफलमा निर्माण उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन र पर्यटन क्षेत्रका लगानीकर्ताहरू सहभागी थिए।थाइ लगानीकर्ताहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताउँदै उपयुक्त साझेदारको खोजीमा जोड दिएका छन्।प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले छलफलमा लगानीका अवसर मात्र नभई दुई देशबीच भावनात्मक सहकार्यको सन्देश पनि प्रवाह गरिएको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij