Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गुरागाईंलाई कार्यालय प्रवेश गराउने जनप्रतिनिधि र कर्मचारी जेल जान तयार हुनुपर्छ : बालेन

गुरागाईंलाई कार्यालय प्रवेश गराउने जनप्रतिनिधि र कर्मचारी जेल जान तयार हुनुपर्छ : बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन को सचिवालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भ्रष्टाचार मुद्दामा दोषी ठहर भए बिहीबार विरोधमा उत्रिएका जनप्रतिनिधि र कर्मचारी पनि जेल जान तयार हुनुपर्ने बताएको छ ।

गुरागाईंले महानगरपालिकाका केही वडाध्यक्ष र केही कर्मचारीहरुको बलमा कार्यालय प्रवेश गरेर हाजिर गरेपछि बालेनको सचिवालय रुष्ट बनेको हो ।सचिवालयले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको दमनलाई विषयान्तर गर्नका लागि सरकारकै ठाडो निर्देशनमा गुरागाईंलाई हाजिरी गराएको प्रतिक्रिया दिएको छ ।

मेयर शाहका प्रमुख स्वकिय सचिव भूपदेव शाहले भनेका छन्–‘अनुसन्धानको दायरामा भएको, महानगरले स्पष्ट रुपमा गल्ती देखाइसकेको व्यक्तिलाई कार्यालय प्रवेश गराएर सरकारले नाटकमञ्चन गरेको छ ।’

महानगरपालिकाका कर्मचारीहरूले गुरागाईंको कार्यकक्षको ताला फोरेर प्रवेश गराएका थिए। १०३ दिनपछि कर्मचारीको जोडबलमा गुरागाईं कार्यालय हाजिर भएका हुन् ।बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याए ।

भूपदेवले भने–‘भ्रष्टाचारको संदिग्न व्यक्तिलाई जसरी कार्यालयमा हाजिर गराउनुभयो । भोलि उहाँ दोषी देखिए भने उहाँहरू सबैजना जेल जान तयार हुनुपर्छ ।’तर केहि समयमै उनी नयाँ हाजिरी कपीमा हाजिरी गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयतर्फ लागेका छन्।

उनलाई गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन थियो ।

यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् ।यसैबीच उपमेयर सुनिता डंगोलले कोठाभित्र बसेर निर्देशन नगर्न आग्रह गर्दै समस्या समाधानमा लाग्न मेयर शाहलाई आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट