Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बालेन विरुद्धको कार्यक्रममा सहभागी भइनन् रास्वपाकी वडाध्यक्ष

बालेन विरुद्धको कार्यक्रममा सहभागी भइनन् रास्वपाकी वडाध्यक्ष

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय भित्र्याउन सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारी कार्यपालिकामा जम्मा भएको बेला रास्वपाबाट निर्वाचित वडा नं १६ कि अध्यक्ष रोजिना श्रेष्ठ भने सहभागी भएकी छैनन् । आफूलाई नबोलाइएको भन्दै उक्त कार्यक्रममा आफू सहभागी नभएको उनले बताइन् ।

आउन दिने कि नदिने भन्ने सम्बन्धमा उपमेयर सुनिता डंगालेदेखि कांग्रेस तथा एमालेका जनप्रतिनिधि तथा कर्मचारी कार्यालय प्राङ्गणमा भेला भएका छन् । उता महानगरर प्रहरी भने प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न खटिएका छन्।

मेयरले अवैधानिक रुपमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाइएको र यही कारणले कर्मचारीले ३ महिना र शिक्षकले ५ महिनासम्म तलब नपाएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट