काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको टिप्पणी गरेका छन् ।बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री शर्माले सो टिप्पणी गरेका हुन् ।
पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उनको संलग्नता रहेको उनले दाबी गरे । पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उनलाई समवेदना फिल हुनुपर्दैन ? उनले प्रश्न गरे ।जतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भएपनि गणतन्त्रणले महिला राष्ट्रपति बनाएको उनको भनाई छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij