काठमाडौं : म्यानमार भूकम्पका घाईतेहरुको उपचार र उद्धारका लागि २२ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल सरकारले म्यानमारमा मेडिकल सहायतासहितको २२ सदस्यीय टोली पठाएको हो।
नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार टोली त्यसतर्फ गएको हो । टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू रहेका छन् ।उक्त टोलीले करिब एक साता म्यानमारमा रहेर भूकम्पमा परेर घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिने नेपाली सेनाले बताएको छ ।
म्यानमार भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् ।सञ्चार सेवा अवरुद्ध भएका कारण धेरै प्रभावित क्षेत्रहरूमा अझै सम्पर्क स्थापित हुन सकेको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij