Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार

भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार

याङ्गुन : म्यानमारमा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको पाँच दिनपछि बुधवार म्यानमाको नेपिडोको एक होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।

भग्नावशेषमा दुई जना फसेको र म्यान्माको अग्नि सेवा विभाग र टर्कीको उद्धार टोलीले एक जनालाई सुरक्षित स्थानमा ल्याउन सफल भएको सूचना टोलीले जनाएको छ । स्थानीय समयअनुसार मङ्गलवार अपराह्न ३: ०० बजे होटलको अप्रेसन सुरु भएको र स्थानीय समयअनुसार बुधवार बिहान १२ः३० बजे ती व्यक्तिलाई उद्धार गरिएको बताइएको छ ।

बाँकी फसेका व्यक्तिहरूको खोजी र उद्धारको प्रयास जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट