Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अमेरिकामा संघीय स्वास्थ्यकर्मीलाई कामबाट निकाल्न थालियो, कार्यालय पुगेकाहरूलाई गेटमै रोकियो

अमेरिकामा संघीय स्वास्थ्यकर्मीलाई कामबाट निकाल्न थालियो, कार्यालय पुगेकाहरूलाई गेटमै रोकियो

वासिङ्टन डिसी  : अमेरिकामा संघीय स्वास्थ्यकर्मीहरूलाई कामबाट निकाल्न सुरु भएको छ ।कर्मचारीहरूलाई मंगलबार कार्यालयको गेटमै रोकिएपछि यसबारे खुलासा भएको हो । यसरी जागिर गुमाउनेमा कयौँ शीर्ष अधिकारीहरू पनि छन् । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले गत हप्ता १० हजार कर्मचारीहरूलाई बर्खास्त गरिने घोषणा गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले गत हप्ता खाद्य तथा औषधि प्रशासन (एफडीए)का ३ हजार ५०० कर्मचारीहरूलाई हटाउने योजना रहेको बताएको थियो ।

साथै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)बाट पनि २ हजार ४०० कर्मचारीहरूलाई बर्खास्त गरिने भएको छ ।यसबाहेक प्रशासनले राष्ट्रिय स्वास्थ्य संस्थानबाट १ हजार २०० कर्मचारीहरूलाई हटाउनुपर्ने बताएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट