काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनका विरुद्ध र परिवर्तनको पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नु भएको छ ।प्रेस सेन्टर नेपालको नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । पछिल्लो राजनीतिक अवस्थाले प्रेसको भूमिका र महत्वलाई बढाएको भन्दै उहाँले राष्ट्र, राष्ट्रियता र परिवर्तनको रक्षाका लागि प्रेसको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
बदलिएको राजनीतिक परिस्थितिमा प्रेसको भूमिका अग्र भागमा आएको उल्लेख गर्दै प्रचण्डले जनयुद्धमा जनमुक्ति सेनाले गर्ने गरेको प्रचारकर्ता, उत्पादनकर्ता र आन्दोलनकर्ताको भूमिका प्रेस सेन्टरले गर्ने बेला आएको बताउनुभयो । अहिले सूचना र प्रविधिको युग भएकाले पनि प्रेसको भूमिका धेरै ठूलो भएको उहाँको भनाई छ। प्रेस सेन्टरले अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरू सहमतिवाट र सहमति नजुटेका केही पदाधिकारी व्यवस्थित र कसैले खोट लगाउन नसक्ने गरी निर्वाचनवाट चयन गरेर नयाँ सन्देश दिएको उहाँले बताउनुभयो ।
निकै ठूलो केन्द्रीय समितिलाई ९९ मा झार्ने कुरा जोखिम र चुनौतीपूर्ण भए पनि बिधानमा व्यवस्था गरेर विधि प्रक्रिया वमोजिम जोखिमलाई सफलतापूर्वक अवतरण गराएकोमा प्रचण्डले निवर्तमान अध्यक्ष बिष्णुप्रसाद सापकोटा जुगल नेतृत्वको कमिटीलाई बधाई पनि दिनुभयो ।
प्रेस सेन्टरले उठाएको जोखिम र प्राप्त गरेको सफलता पार्टी, जवस मोर्चा र प्रेस सम्वद्व अन्य संगठनहरूकालागि पनि राम्रो उदाहरण बनेको अध्यक्ष प्रचण्डको भनाई छ ।प्रेस सेन्टर नेपालले नेपालका प्रेस संगठन मध्य सवैभन्दा लोकतान्त्रिक, व्यवस्थित, अनुशासित र विधि, प्रक्रियामा चल्ने संस्थाको रूपमा आफुलाई प्रस्तुत गरेको प्रचण्डले बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij