Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रमजान र इदको अवसरमा युएईले १६६ नेपालीलाई दियो आममाफी

रमजान र इदको अवसरमा युएईले १६६ नेपालीलाई दियो आममाफी

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)ले १६६ जना नेपालीलाई आममाफी दिएको छ ।रमजान महिना र ईदको अवसरमा युएई सरकारले विभिन्न अपराधमा जेल जीवन बिताइरहेका १६६ नेपाली कैदीलाई आममाफी दिएको हो ।

परराष्ट्र मन्त्रालयले उक्त निर्णयप्रति युएई सरकारलाई धन्यवाद दिएको छ। दुई देशबीचको सम्बन्धलाई थप सौहार्दता प्रदान गरेको र यस प्रकारको क्षमादानलाई नेपाल सरकारले उच्च मूल्यांकन गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको छ।सरकारले युएईस्थित नेपाली दूतावासमार्फत कैदीबन्दी नेपालीहरूलाई माफी दिन अपील गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट