Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राजाकै कारण हिन्दु सनातनी कमजोर

राजाकै कारण हिन्दु सनातनी कमजोर

पछिल्लो :  समय राजा र राजतन्त्र फर्काउने हल्लाखल्ला निकै चलेको छ । यसको पछि केही मानिसको झुन्ड छ । जसको कामकाज केही पनि छैन । शारीरिक परिश्रमभन्दा निकै परका मानिस हुन् उनीहरू । त्यसैले उनीहरूलाई राजा र राजतन्त्रभन्दा फरक नजरसँग साक्षात् गर्ने हैसियत छैन । जसले राजा र राजतन्त्र लगायतका व्यवस्था भोगेका छन्, ती सर्वसाधारण नागरिकलाई मात्र थाहा छ, राजा र राजतन्त्रको अनुहार

इतिहासलाई नजिकबाट नियाल्ने हो भने २४० वर्षमा राजा र राजतन्त्रकै कारण नेपालमा हिन्दु सनातन कमजोर भएको यथार्थ हो । किनभने जुन राजा र राजतन्त्रलाई हामीले हिन्दुत्वको जिम्मा लगाइरहेका छौँ, त्यो हिन्दु नै होइन । उनीहरू मुस्लिम धर्मावलम्बी हुन् । जुन दिनदेखि हामीले उनीहरूको निरंकुश पन्जामा परेर हिन्दुपनको रङ दियौँ त्यो दिनदेखि नै राजाहरूका कारण नेपालमा बलियो हिन्दु शक्ति निर्माण हुन सकेन, एकपछि अर्काे कमजोर पंक्तिको निर्माण हुँदै गयो ।तत्कालीन अवस्थामा संविधानमै हिन्दु अधिराज्य भनिए पनि देशमा धर्म परिवर्तन गराउने खेल राजाहरूले रोक्न सकेनन् । बरु उनीहरूले नास्तिकता फैलाउनका लागि समाज कल्याण परिषद्को स्थापना गरी विभिन्न संघ–संस्था (एनजीओ, आईएनजीओ)मार्फत विदेशी धार्मिक फिरंगीहरूको प्रवेशलाई नेपालमा सहज बनाइदिए । पछिल्लो चरणमा एमाले–कांग्रेस लगायत तत्कालीन अवस्थाका राजनीतिक दलहरूले राजा र राजतन्त्रको आडमा यसलाई व्यापार व्यवसायीको रूपमा झनै फैलाउने काममा मलजल गरे ।

हिन्दु सनातनी धर्म संरक्षण र जागरणको मुख्य केन्द्र भनेको मठ, मन्दिर र पार्टी पौवा लगायत स्थल हुन् तर यसलाई राजा र राजसंस्थाले गुठी संस्थानको रूपमा खडा गरेर आफ्नो अधीनमा राख्ने दुस्साहस गरे । राजाहरूले मठ–मन्दिर मासेर आफ्नो पारिवारिक निहित स्वार्थ पूरा गर्ने हतियार बनाए । हिन्दु ज्ञान–विज्ञानलाई प्रचार गर्ने सन्त–महात्माहरूलाई पलायन हुन बाध्य पारियो । कोटिहोमको माध्यमबाट हिन्दु संस्कृतिलाई जगेर्ना गर्ने राष्ट्रवादी हिन्दु सन्तयोगी नरहरिनाथलाई समेत जेल हाले । पछि उनलाई पनि पलायन भएर भारतको प्रवासी जीवन बिताउन बाध्य पारियो । उनी ०४६ मा बहुदल आएपविश्वभरि हिन्दु समाजलाई समृद्ध र संगठित गर्ने उद्देश्यले आरएसएस खोलिएको थियो तर नेपालमा त्यस्तो संघ खोल्न मान्यता नदिएपछि गीता क्लासेज (शिक्षण संस्था)का माध्यमबाट हिन्दुत्वको प्रचार–प्रसार सुरु गरियो । तर तत्कालीन राजालाई थाहा भएपछि संघका प्रचारक स्व. लक्ष्मण राव भिडेलाई ‘सुट–वारेन्ट’ नै जारी गर्‍यो । त्यसपछि उनी पनि भारत फर्के र हिन्दु संगठनको कामकाज बन्द भयो । तर सेन्ट जेभियर्स र जामे मस्जिद, मदरसाले जुन विदेशी धर्मका लागि काम गर्थे, उनीहरूलाई सहज वातावरणमा राख्ने काम गर्‍यो । नेपालमा इस्लामिक कट्टरपन्थ फैलाउन इस्लामिक संघ र दरबारमार्गमा मस्जिद पनि राजाहरूकै बेला स्थापना गरियो । जुन कुरा हामीले बिर्सनु हुँदैन । यतिसम्म कि मोहमद मोहसिन र सलिम अन्सारीजस्ता इस्लामिक सञ्जाल फैलाउनका लागि कार्य गर्ने नेताहरूलाई पद राजाहरूले नै दिए ।छि स्वदेश फर्केका थिए । शाही सत्ताका बेला इस्लामिक आतंकवादीले इराकमा १३ नेपालीको नशृंस हत्या गरे । त्यतिबेला मेरै नेतृत्वमा काठमाडौँको रत्नपार्कमा घटनाको विरोधमा प्रदर्शन गरियो । त्यो दिन प्रदर्शनकारीले जामे मस्जिद पनि पसेका थिए । भोलिपल्टै तत्कालीन राजा ज्ञानेन्द्र शाहले जामे मस्जिदमाथिको घटनाले आफ्नो मुटु दुखेको अभिव्यक्ति सञ्चारमाध्यमा दिएका थिए । शाहीतन्त्रले हिन्दुहरूको सबलीकरणका लागि काम गर्ने हिन्दु स्वयंसेवक संघको कार्यालयमा छापा समेत मारे । संयोगले शाही सेनाले छापा मारेका बेला महानगर प्रचारकका रूपमा मेरो उपस्थिति थियो । मलाई त्यो दिन आज पनि सम्झनामा छ ।शाहीकालमा राजाहरूले हिन्दु संघमाथि यतिसम्म निगरानी बढाउने दुस्साहस गरे कि संघको बर्सेनि हुने शिक्षा वर्ग प्रशिक्षण कार्यक्रम नेपालबाहिर सुनौलीमा गर्नुपर्‍यो । किनभने राजाले प्रशिक्षण कार्य गर्न बन्देज लगाए । त्यतिबेला लोकप्रिय कथावाचक पण्डित नारायण पोखरेल आफ्नो कथामा प्रजातन्त्रको व्याख्या समेत गर्थे । उनको हत्याको जिम्मा माओवादीले लिए पनि राजा र मावोवादीको साँठगाँठले हत्याकाण्ड भयो भन्ने कानेखुसी आज पनि सुन्न पाइन्छ ।

भारतको उत्तर प्रदेश गोरखपुरमा गोरखनाथ बाबाको एउटा सामान्य मन्दिर छ, त्यो मन्दिरको आयबाट दर्जनभन्दा बढी विद्यालय, अस्पताल, धर्मशाला, एम्बुलेन्सजस्ता सेवाका कार्य हुन्छन् । तर त्योभन्दा कति गुना धेरै आय भएका पशुपतिनाथ मन्दिरमा राजाहरूले रानीको नेतृत्वमा पशुपति विकास कोष खडा गरे । पशुपतिनाथको सम्पूर्ण आय दरबारमा लगेर शुक्रबार हुने गुड फ्राइडे पार्टी मा खर्च गर्थे । यसरी गुड फ्राइडे मनाउने राजा हिन्दुहरूका आदर्श कसरी भए ! आफैँमा आश्चर्यको विषय हो ।

नेपालमा बहुसंख्यक जनता सनातनी छन् । राजाहरू मन्दिर जान्छन्, ती सनातनीलाई दिग्भ्रमित गर्नका लागि उनलाई थाहा छ कि हिन्दुत्वप्रतिको आस्था प्रदर्शन गरियो भने सनातनी समाजमा लोकप्रियता कमाउन सकिन्छ । राजा र राजावादीको त्यस्ता प्रचारबाट समाजलाई भ्रमित पार्न सफल भएको महसुस गर्न सकिन्छ । केही हिन्दुवादीले राजाको वकालत गरेको हेर्दा अचम्म लागेको छ । उनीहरूले सोचेका छन् कि राजा आयो भने हिन्दु राष्ट्र पनि आउँछ । तर यो कुरा पनि बुझ्न जरुरी छ कि २०४६/४७ सालको संविधानमा पनि हिन्दुराज्य उल्लेख थियो । तर हिन्दुत्वका लागि के भयो ? के गरे राजाले ? एकपटक समीक्षा गर्नुस् । विदेशी धर्महरू त्यतिबेला पनि राम्रैसँग फस्टाएका थिए । त्यसैले हामीले कस्तो र कस्तो चरित्रको हिन्दु राष्ट्र खोजेका हौँ, त्यो बुझ्न जरुरी छ । हिन्दुहरू सक्रिय भयौँ र आफ्नो धर्मभित्रको कमी–कमजोरीलाई सच्याएर अगाडि बढ्यौँ भने यही लोकतान्त्रिक संविधानभित्र रहेर पनि दुईतिहाइ बहुमतका साथ हिन्दु राष्ट्र बनाउन सकिन्छ । त्यो नेपाली समाजका लागि नयाँ प्रयोग र राम्रो पनि हुन्छ ।

भारतकै उदाहरण लिउँ, सेकुलर कांग्रेस आई सत्तामा हुँदा धर्मनिरपेक्ष संविधान बनायो, तर त्यहाँका हिन्दु समाजमा जागरुकता बढेपछि आज हिन्दुवादी नेता मोदी र योगीजस्ता शासक छन्, जसले संविधान पन्थ निरपेक्ष भए पनि सरकारले हिन्दु हितमा कार्य गरिरहेको छ, जब कि नेपाल हिन्दु अधिराज्य भए पनि गर्न सकेको थिएन, त्यस कारण हिन्दु राजा होइन, हिन्दु शासकको आवश्यकता छ र आजको युगमा राजाको शासन मान्य नभएका कारण हिन्दुवादीहरूले जनताको मन जिती सदनमा आफ्नो राम्रो उपस्थिति बनाउनु नै उचित देख्छु ।

शाही सत्ताकै बेला अयोध्याको राम मन्दिरमा इस्लामिक आतंकवादीले हमला गरेका थिए । त्यो घटनाको विश्वभर विरोध भएको थियो । तर नेपालका राजा र राजतन्त्र मौन थियो । त्यो मौनताले हिन्दु राष्ट्रप्रतिको राजतन्त्रको अनुहार झल्काउँथ्यो । तत्कालीन गृहमन्त्री कमल थापालाई भेटेर हामीले यो विषय पनि राख्यौँ । जानकी माताको प्रत्यक्ष सम्बन्ध अयोध्यासँग छ । हामी विश्वको एक मात्र हिन्दु देश पनि हौँ । त्यसैले सरकारले पनि यो घटनाको विरोध गर्नुपर्छ भनेर प्रस्ताव गरियो तर तत्कालीन गृहमन्त्री कमल थापाले मेरो स्तरले यो विषय सम्भव छैन भनेर जवाफ फर्काए । उनले राजासम्म यो कुरा पुर्‍याउन सल्लाह दिए । त्यसपछि हामी राजासम्म यो विषय पुर्‍याउन र पहुँच स्थापित गर्न अघि बढेका थियौँ । त्यतिबेला ज्ञानेन्द्रको सल्लाहकार सचित शमशेरकहाँ पुग्यौँ । सचित शमशेरले महाराजसँग कुरा गर्छु भनेर आश्वासन दिएका थिए, केही दिनपछि हामी पुग्यौँ पनि । उनले राजाले दिएको प्रतिक्रिया सुनाए । अयोध्या घटनाको निन्दा गरियो भने पाकिस्तान रिसाउँछ भनेर राजाले भनेका रहेछन् । पाकिस्तानको चिन्ता गर्ने राजा हिन्दुको राजा कसरी हुन सक्छन् ?

हिन्दु राजा भएकै बेला वीरगन्जमा हालको श्रीराम सिनेमा हलको अगाडिको जग्गा अवैध रूपले अतिमखानाको बहानामा इस्लामिक कटरपन्थीहरूलाई दिइएको होइन र ? त्यसको खोजी हिन्दु समाजले गर्दा कट्टरपन्थी इस्लामिक समूहले हिन्दु अभियन्ताहरूमाथि हमला गर्‍यो, सो हमलामा परी गम्भीर घाइते हुनेमध्ये म स्वयं पनि एक हुँ, साँच्चिकै हिन्दु राजा हुन् भने चुइँक्क किन बोलेनन् उनी ? बरु अर्काे दिन सो घटनाको विरोधमा प्रदर्शन गर्न हिन्दु समुदाय सडकमा आयो, त्यतिबेला प्रहरीले उल्टै हिन्दुमाथि लाठी चार्जसहित अनगिन्ती अश्रुग्यास र गोली चलाएको बिर्सेको छैन म ।

हिन्दुत्वको वकालत गर्ने आफ्नो ज्यानको बाजी लगाई तन, मन धनले कार्य गर्ने जुन योद्धाहरू मारिए वा बेपत्ता भए (प. नारायण पोखरेल, काशीनाथ तिवारी, देव पौडेल, उमेश पटेल, , तिनका विषयमा ज्ञानेन्द्र शाहले केही किन बोलेनन् ? वा तिनका परिवारका लागि केही किन गरेनन् ? जब कि उनी अहिलेसम्म मन्दिरहरू भ्रमण गरी आफूलाई हिन्दु राजाको रूपमा प्रचारित गर्छन् ।

हाल गणतन्त्र सरकारहरूले हिन्दु समाजको विरोधमा कार्य गरेको छ यो कुरा स्वीकार गर्छु तर ती हिन्दुविरोधी कार्य गणतन्त्र व्यवस्थाले गरेको होइन अमुक पार्टी र तिनका नेताले गरेका छन्, संविधानले हामी हिन्दुवादीलाई पनि सत्तामा जाने र हिन्दु हितको कार्य गर्ने बाटो दिएको छ । साँच्चिकै हिन्दु हितको कार्य गर्न चाहन्छौँ भने हिन्दु जनतालाई जागरुक गरौँ र हिन्दुवादी नेताहरूलाई सांसदको रूपमा बढीभन्दा बढी चुनौँ, लोकतन्त्रको मन्दिर संसद्मा हिन्दु राष्ट्रको आवाजलाई बुलन्द पारौँ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट