Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

तीनकुने घटनाको राजाधादी समुहका थप १८ जना पक्राउ

तीनकुने घटनाको राजाधादी समुहका थप १८ जना पक्राउ

काठमाडौं : तीनकुने घटनाको राजाधादी समुहका थप १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्नहरू पहिचान गरी पक्राउ पर्ने क्रम जारी छ ।

यसअघि सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।पक्राउ पर्नेमा विष्णुजंग बस्नेत र सितादेवी राई रहेका छन् । सोमबार प्रहरीले विष्णुजंग बस्नेत, सितादेवी राई, देवी संग्रौलालाई पक्राउ गरेको थियो ।

मंगलबार पुनः १८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।उनीहरू राजावादी समूहको आन्दोलनका कमान्डर दुर्गा प्रसाईं निकट रहेको बुझिएको छ ।प्रदर्शनमा पक्राउ परेका ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट