Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गृहमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रमहरू हटाइए

गृहमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रमहरू हटाइए

काठमाडौं : प्रतिनिधि सभाको कार्यसूचीबाट गृहमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रमहरू हटाइएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदहरूले उठाएकाच प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको हो ।

सांसद बोहराको मंगलवार उपचारका क्रममा निधन भएको छ । आजको प्रतिनिधि सभाको कारबाही सुरु गर्दै सभामुख देवराज घिमिरेले भने, ‘माननीय सदस्यहरू विशेष कारणवश आजको क्रमसंख्या १ देखि क्रमसंख्या ८ सम्मका कार्यक्रमहरू सूचि हटाइएको जानकारी गराउँछु । साथै माननीय गृहमन्त्रीले बोल्नको लागि समय समय माग गर्नुभएकोमा सो समेत हटाइएको व्यहोरा जानकारी गराउँछु ।’

संसदको चालु अधिवेशन मंगलवार राति १२ बजेबाट अन्त्य हुँदैछ । बैठकमा सभामुख घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट