Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पार्टी एकताको प्रयास जारी राख्ने नेकपा निर्णय

पार्टी एकताको प्रयास जारी राख्ने नेकपा निर्णय

काठमाडौँ : विप्लव नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसहितका दलसँग एकताको प्रयास जारी राख्ने निर्णय गरेको छ । यस्तै नेकपाले मोहन वैद्य, आहुति, धर्मेन्द ्रबास्तोला, मोहन विक्रम सिंह लगायतले नेतृत्व गरेका पार्टीहरुसँग सहकार्य गर्दै मोर्चावन्दीको प्रयास गर्ने निर्णय समेत गरेको छ । पार्टीको मंगलबार सम्पन्न पोलिटब्युरो बैठकले समाजवादी मोर्चालाई प्रभावकारी बनाउने निर्णय समेत गरेको स्थायी समिति सदस्य तथा प्रचार विभाग इन्चार्ज अनिल शर्माले बताए ।

बैठकमा महासचिव विप्लवले आगामी निर्वाचन, देशको पछिल्लो राजनीतिक, सङ्घर्षलगायतका १० प्रस्ताव राखेका थिए । सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेर प्रारम्भ भएको बैठकले केन्द्रीय समितिले गरेको राजनीतिक दिशाको प्रक्षेपण सही भएको निष्कर्ष निकालेको छ ।

वर्तमान राजनीतिक सङ्‌कटको समाधान प्रतिगमन र यथास्थिति नभएको बताउँदै विप्लवले नेपाली विशेषताको समाजवादको निम्ति स्वतन्त्र र संयुक्त पहललाई तीव्र पार्ने निर्णय गरेको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट