Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

स्पेनमा खानीमा भएको दुर्घटनामा दुईको मृत्यु, चार बेपत्ता

स्पेनमा खानीमा भएको दुर्घटनामा दुईको मृत्यु, चार बेपत्ता

म्याड्रिड : स्पेनमा सोमबार एउटा खानीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उत्तरी स्पेनको अष्टुरियस क्षेत्रमा सोमबार उक्त दुघर्टना भएको हो । देगानामा रहेको सो खानीभित्र रहेको एउटा मेशिनमा स्थानीय समयअनुसार बिहान ९ः३२ बजे गडबडी हुँदा सो दुर्घटना भएको क्षेत्रीय आकस्मिक सेवाले बताएको छ ।

यस घटनामा अरू तीन जना घाइते भएको अनि चार जना बेपत्ता भएको भनिएको छ । खानीमा विस्फोटको आवाज सुनिएको र कयौँ मानिस खानी भित्र फसेको भन्दै एल मन्डो पत्रिकाले बिहान एउटा समाचारमा भनेको थियो ।

घटनाबारे अरू विवरणहरू आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट