काठमाडौं : रास्वपाका सभापति रवि लामिछानेले सरकारले आफ्नो टाउकोमाथि ‘तरबार’ राखेको बताएका छन् ।सोमबार वनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले सरकारले आफूमाथि निरन्तर दबाब सिर्जना गरेको बताए । उनले चितवनले आफ्ना लागि दुई पटक अश्रुग्याँस र लाठी खाएको स्मरण गर्दै त्यहाँबाटै लहर सुरु भएको दाबी गरे।
“म झुकेको भए सरकार ढल्दैनथ्यो, म मन्त्री वा प्रधानमन्त्री हुन्थेँ होला, तर यिनका अगाडि शिर झुकाउँदिनँ,” उनले भने “सरकार कसरी ढल्यो, कसको हातमा हत्कडी लाग्नुपर्थ्यो, मैले चितवनमा सबै भन्नेछु।”लामिछानेले सरकारले जस्तोसुकै अप्ठेरो पार्ने प्रयास गरे पनि आफू त्यसका लागि तयार रहेको पनि बताए । यस्तै उनले लुटतन्त्र मच्चाउनेविरुद्ध आफू कहिल्यै पछि नहट्ने बताए।
‘लोकतन्त्र, गणतन्त्र र संघीय लोकतन्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकालाई खबरदारी गर्न म कहिल्यै पछि हट्दिनँ। म जुनसुकै शक्तिसँग पनि लड्छु। तर, लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ,’ उनले भने।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij